नियम ६७
पदपूर्तिको सूचनाको प्रकाशन र निवेदन
(१) ऐन तथा यस नियमावली बमोजिम
पद पूर्ति प्रतिशत तथा पदसंख्या निर्धारण भएपछि त्यसमा कार्यक्षमताको मूल्याङ्कनद्वारा
बढुवा हुने अधिकृत तहका पदहरूको विवरण सहितको सूचना लोक सेवा आयोगले
प्रकाशित गर्नेछ । तर सहायक तहको पदको हकमा त्यस्तो सूचना प्रकाशित गर्ने र
निवेदन संकलन गर्ने कार्य सम्बन्धित बढुवा समितिको सचिवालयको हुनेछ ।
(२) उपनियम (१) बमोजिम प्रकाशित हुने सूचनामा बढुवा गरिने पदको लागि
आवश्यक पर्ने सेवा अवधि, सम्भाव्य उम्मेदवार हुन जेष्ठता गणना गरिने (असार
मसान्तको हिसाबले) अवधि, शैक्षिक, योग्यता, बढुवा हुने पदको विवरण तथा संख्या, पद
रिक्त भएको कार्यालय, निवेदन म्याद र स्थान समेत खुलाएको हुनु पर्नेछ ।
(२क) सम्भाव्य उम्मेदवार हुने अवधि (आषाढ मसान्त) बाहेक बढुवाको अङ्क
दरखास्त दिने अन्तिम म्यादसम्मको मात्र गणना गरिनेछ ।
(३) सम्बन्धित उम्मेदवारले उपनियम (१) बमोजिमको सूचनामा तोकिएको
म्यादभित्र लोक सेवा आयोगद्वारा निर्धारित ढाँचामा निवेदन पेश गर्नु पर्नेछ । यसरी पेश
हुन आएको निवेदनहरू बढुवा सिफारिसको कारबाही चलाउन अधिकृत तहको पदको
हकमा लोक सेवा आयोगले सम्बन्धित बढुवा समितिको सचिवालयमा पठाउनु पर्नेछ ।